दमकका होटल तथा लजमा २६ प्रतिशतसम्म छुट

|

दमक : झापाको दमकमा बुधबारदेखि छैठौं दमक फुड फेस्टिबल शुरु भएको छ। दमकस्थित बसपार्कनजिकै होटल व्यवसायी संघको आयोजनामा शुरु भएको फेस्टिबलको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका हुन्।

फेष्टिबलमा विभिन्न जातीय समुदायका खाद्यपरिकारका स्टल राखिएका छन्। संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई समेत सघाउ पुर्‍याउने उद्देश्यले फुड फेष्टिबल शुरु गरिएको संघका अध्यक्ष राजन दंगालले बताएका छन्।

फेस्टिबलका संयोजक सुधिर प्रधानका अनुसार ११ फागुन सम्म चल्ने फेस्टिबलमा विभिन्न जातजातीका विशेष खानेकुराहरु पाइनेछ। फेस्टिबल अवधिभर आउने ग्राहकलाई मध्यनजर गर्दै दमकका होटल तथा लजको २६ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक प्रधानले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.