काठमाडौं : ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ।
पुरुष तर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएका तेकवान्डोकी निमा गुरुङलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रूपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगाएत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्षदेखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। सोही कार्यलाई निरन्तरता दिँदै १४औँ एनएनआईपिए स्र्पोट्स अवार्ड मंगलबार वसन्तपुरको डबलीमा आयोजना गरिएको थियो।
कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाइ समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आइएमई बैंकले खेलाडीलाई प्रदान गरिने विभिन्न पुरस्कारमा प्रायोजन गर्दै आइरहेको बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंकको खेलप्रतिको सहयोगले खेलाडीमा हौसला प्रदान भई समग्र नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास बैंकको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।