|
फाइल तस्बिर

काठमाडाैं : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनीक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको  उद्घाटन खेलमा ब्वाइज युनियन र श्री कुमारी क्लब भिड्ने भएका छन्।

यही फागुन ११ देखि चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ। बी डिभिजन लिग फुटबलमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ब्वाइज युनियन, श्रीकुमारी, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ, नयाँ बस्ती युथ, झम्सिखेल युथ, आरसिटी क्लब, सातदोबाटो युथ, मध्यपुर युथ एसोसियसन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लब सहभागी हुनेछन्।

बी डिभिजन लिग च्याम्पियनले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तैगरी, फस्ट, सेकेन्ड र थर्ड रनरअपले क्रमशः १० लाख र पाँच/पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। चार विधाका उत्कृष्ठ खेलाडी र सर्वोत्कृष्ठ प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउनेछन्। एन्फाले प्रत्येक खेल जित्ने टोलीले २० हजार र खेल बराबरी भएमा दुवै प्रतिस्पर्धीले ७ हजार पाँच सय दिने जनाएको छ।

एन्फाले लिगको तयारी रकमस्वरूप सहभागी प्रत्येक टोलीलाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। प्रतियोगिताको शीर्ष स्थानमा रहने क्लब ‘ए’ डिभिजन लिगमा बढुवा हुँदा पुछारमा रहने क्लब ‘सी’ डिभिजनमा घटुवा हुनेछ। गत सिजन समूहको पुछारमा रहेका नयाँबस्ती क्लब र बाँसबारी क्लबको भने एक/एक अंक घटाइएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.