समाज : सुरक्षा/अपराध

चिया बगानमा १४ वर्षीया किशोरी मृत फेला

फाइल तस्बिर
फागुन ७, २०७६

    भद्रपुर : दक्षिणी झापाको कचनकवलमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेको छ। उनको शव शंकास्पद अवस्थामा भेटिएको हो।

    कचनकवल गाउँपालिका १ स्थित झापा हर्दसभिट्टा गाउँमा बस्ने १४ वर्षीया विष्णुमाया कार्की भुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    स्थानीय लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगीमा कक्षा ६ मा अध्ययनरत बालिका कार्कीको शव झुन्डिएको अवस्थामा सोमबार बिहान स्थानीयले चिया बगानभित्र फेला पारेको हो। बालिकाको शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको स्थानीय बताउँछन्।

    ‘तीन दिनअघि घरबाट हिँडेका बालिका कार्कीको शव चिया बगानको नालानजिकै झुन्डिएको अवस्थामा फेला परेको हो,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘उनले आत्महत्या गरेको हो वा हत्या भएको यस विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’

    ‘बालिकाको शव कुहिने अवस्थामा पुगिसकेको थियो, घरबाट हराएकै दिन नै बालिकाको मृत्यु भएको हुन सक्छ,' उनले थपे। शरीरमा त्यस्तो कुनै चोट पटक फेला नपरेको उनको भनाइ छ।

    ‘झुन्डिएको अवस्थामा बालिकाको शव फेला परेको थाहा पाएलगत्तै बिएण्डसीका अस्पतालका कानुनी चिकित्सक डा. अर्चना चौधरीसहितको डिएसपीको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको हो,’ प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, घटनास्थल हेर्दा शंकास्पद देखिए पनि त्यस्तो केही तथ्य प्रमाण भेटिएको छैन।’

    ‘शवलाई पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएका छौ, त्यहाँका चिकित्सकले पोस्टमार्टम रिपोर्ट पठाएको छैन, रिपोर्ट आएपछि केही भन्न मिल्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]