|
फाइल फोटो

काठमाडौं : सेक्युरेटी प्रेस खरिदको विषयमा कमिसन मागेको भिडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ।

नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई नै आग्रह गरेको छ। 

‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्‍पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रूपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएको शर्माले बताए। सञ्चारमन्त्रीले कमिसनका लागि बागेर्निङ गरेको अडियो सार्वजनिक भएपछि त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको कांग्रेसको ठहर छ।

त्यस्तै शर्माले ट्वीट गर्दै दायाँ बायाँ नसोची बर्खास्त गर्न भनेका छन्। ‘सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष  अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यु !’ उनले लेखेका छन्, ‘इन्तु,परन्तु, किन्तुको को अर्थ छैन। न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस्। बाँकी छलफल अनुसन्धानको प्रक्रियामा !’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.