|

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले कमिशन मागेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। 

बैठकको सुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सञ्चारमन्त्री बाँसकोटाले मागेको भनेको ४ अर्ब भन्दा बढी कमिशन प्रकरणबारे छानबिन हुनुपर्ने बताए। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँसकोटा र स्वीक कम्पनीका प्रतिनिधि भनिएका विजयप्रकाश मिश्रबीचको अडियो टेप प्रकरणको छानबिन नहुनजेल बैठक चल्न नदिने जानकारी देवले दिए। 

प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० देखि ७५ अर्ब कमिशन आउने र त्यसमध्ये ५० देखि ५५ करोड रुपैयाँ सञ्चारमन्त्रीले लिने गरी भएको अडियो वार्ताको छानबिन र यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.