सत्यतथ्य चाँडै बाहिर आउँछ : बाँस्कोटा

|

काठमाडौं : बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि अध्यक्षद्वयबीच छलफल भएको हो। 

बालुवाटार स्रोतका अनुसार ओली र दाहालबीच सञ्चारमन्त्री बाँस्कोटाका विषयमा छलफल भएको हो। प्रधानमन्त्रीको विश्वासको पात्रको रूपमा परिचित रहेका बाँस्कोटाको कमिसनको अडियो सार्वजनिक भएपछि अध्यक्ष दाहालले तत्कालै पदमुक्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताइएको छ। 

प्रधानमन्त्री ओलीले बाँस्कोटालाई बालुवाटारमा बोलाएको बताइएको छ। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बोलाएको नभएर छलफलको लागि बाँस्कोटा स्वयं आउने बताए। 

सुदूरपश्चिमको कञ्चनपुरतिर पुगेका बाँस्कोटाले भने एक कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिएका छन्। अहिले बाहिरिएको अडियोबारे सत्यतथ्य चाँडै बाहिर आउने पनि बताएका छन्। 

केहीदिनअघि प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटाको गृहजिल्ला पुगेर बाँस्कोटा सरकारको लागि खास मान्छे भएको प्रतिक्रिया दिएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.