|
फाइल फोटो

काठमाडौं :  सेक्युरिटी प्रिन्टटर खरिदको विषयमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बोलाएका छन्। 

अडियो प्रकरणबारे बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि प्रधानमन्त्री ओलीले बाँस्कोटालाई झिकाएका हुन्। 

तर सञ्चारमन्त्री बाँस्कोटा कन्चनपुरमा छन्। उनी आजै काठमाडौँ फर्कने बताइएको छ। काठमाडौँ फर्किएलगत्तै उनले प्रधानमन्त्रीलाई भेट्नेछन्। 

बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँगको कमिसन माग्दै गरेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका ओलीले पनि आजै छलफल गरेका थिए।

दुई अध्यक्षको छलफल पछि प्रधानमन्त्री ओलीले बाँस्कोटालाई अडियो प्रकरणबारे जानकारी लिन बोलाएका हुन्।यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीलाई भेट्न मन्त्री आफैँ आउने बताए। ‘मन्त्रीलाई प्रधानमन्त्रीले बोलाउन पर्छ ?’ उनले भने, ‘प्रधानमन्त्रीलाई भेट्न मन्त्री आफैँ आइहाल्नुहुन्छ नी।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.