काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिदको विषयमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले
सञ्चारमन्त्रीसँगै अरू को–को यसमा संलग्न छन् भन्दै प्रश्न गरेको छ। कांग्रेसले आज बिहीबार पत्रकार सम्मेलन गरी सञ्चारमन्त्रीबाट बखास्त गर्दै निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेको हो।
‘प्रधानमन्त्रीय प्रणालीमा भएका सबै कुरा अन्तिममा पुग्ने प्रधानमन्त्रीको टेबलमै हो। यसमा अन्य ककसको संलग्नता थियो त्यसबारे छानविन हुन जरुरी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपथ्यमा को–को संलग्न थिए। यसबारे निष्पक्ष छानविन गरिनुपर्छ।’ प्रवत्ता शर्माले यस प्रक्रियामा बाँस्कोटा एक्लै संलग्न भएको या संस्थागत संलग्न भएको स्पष्ट पार्न पनि माग गरेको छ।
कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ठूलो घोटाला हुनसक्ने संका उब्जिएको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।