|

मुगु :  समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ। चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो तालले रारा रमणीय तथा प्राकृति सौन्दर्य डुबुल्की मादै निश्चल भएर बसेको छ।

सकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्यमध्ये मुगुको राराताल पनि सूचीमा परेको छ। पर्यटन पर्षको  शुभारम्भसँगै चाँदी झैँ टल्किएको रारामा आन्तरिक तथा बाह्य पर्यटको लर्को लाग्ने अपेक्षा सबैको थियो। तर, भएन।

बढीभन्दा बढी पर्यटक भित्राउने र अर्थत्रन्त बलियो बनाउन टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष-२०२०’ उद्घाटनका अवसरमा संघीय र प्रदेश, स्थनीय सरकारले तामझामका साथ विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन वर्षको शुभारम्भ गरे। मुगुको रारा तालबाट पनि पर्यटन वर्षको शुभारम्भमा कार्यक्रम गरियो।

कर्णाली प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा ‘यसपालि घुमौँ कर्णाली’ अभियान सुरु गर्‍यो। तर, कर्णालीका प्रमुख पर्यटकीयस्थल अहिले सुनसान छन्। कर्णाली प्रदेश दुर्गम भनी परिचित मुगुको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला सुनसान अवस्थामा छ।

रारामा २० हजार पर्यटन भित्राउने लक्ष्यका साथ पर्यटन वर्षको शुरुवातीमा तामझामका साथ राराको किनारमा कार्यक्रम गरिएको थियो। तर, अहिले रारामा उल्टो भएको छ।

पर्यटन वर्षको शुभारम्भ गरिएको दुई बितिसक्दा  रारामा बाह्य पर्यटक सात जनासम्म र आन्तरिक पर्यटक एक सयसम्म मात्र आएका छन्। यस्तै, हो भने २० हजार रारामा पर्यटक भित्राउने लक्ष्य फेल खाने देखिएको छ।

नेपालभ्रमण वर्ष २०७६ साल पुष १६ गते शुभारम्भपश्चात अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन संख्यामा न्यून रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ।

मुगुलगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडानदेखि सडक अवरुद्ध हुनुका साथै सवारी साधन पनि सञ्चालन नआएपछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए।

उनकाअनुसार अहिले नेपाल भ्रमण वर्ष शुभारम्भमा रारामा भने अहिलेसम्म फाटफुटमा पाँचदेखि १० जनासम्म बाह्य पर्यटकले मात्र रारामा पाइलो टेकेको भण्डारीले जानकारी दिए।

'गतवर्षमा यस्तो अवस्था थिएन' उनले भने, 'भ्रमण वर्ष शुभारम्भमै यस्तो दुविदा देख्दा जिल्लामात्र नभई समग्र कर्णाली प्रदेशमै ठूलो चोट पुग्न सक्छ।' एकातिर रारामा पर्यटकको आगमनन भएपछि समग्र मुगु जिल्लाको अर्थतन्त्रमा टेवा नपुग्ने उनले बताए।

रारामा भ्रमण गर्ने स्थानहरू रारा मात्र नभएर तालबाट करिब दुई घण्टाको पैदल यात्राले पुगिने सबैको ओठमा झुण्डिरहेको  शब्द त्यो ठाउँ हो मुर्माटप। त्यो स्थानमा पुगेपछि कर्णालीलगायत सुदूरपश्चिमका केही स्थानहरू पनि अवलोकन गर्न सकिन्छ।

एक महिनायता रारामा कुनै चहलपहल छैन। फाट्टफुट्ट पर्यटक आउने गरेका छन्। भ्रमण वर्ष सुरु भएपछि पर्यटक आउने आशामा बसेका होटल व्यवसायी निराश छन्।  भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतका अनसार पर्यटक नआउँदा व्यवसाय करिब शून्य जस्तै छ। भ्रमण वर्ष सुरु भएपछि रारा झन् सुनसान बनेको उनले बताए।

गमगढी-नाग्मा सडक कालोपत्रे नहुँदा र हवाई सेवा प्रभावकारी नहुँदासम्म जतिसुकै गफ लगाए पनि पर्यटकलाई आकर्षित गर्न सकिँदै। सरकारले भ्रमण वर्ष भनेर प्रचार मात्र गर्‍यो, पूर्वाधार विकासमा ध्यान नदिँदा रारामा बर्सेनि पर्यटक घटिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.