|
फाइल तस्बिर

काठमाडौं : नेपाल, फिफा वरीयतामा यथास्थानमा रहेको छ। विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाझै १ सय ७० औं स्थानमा यथावत रहेको हो।

दक्षिण एसियाको वरीयतामा अगाडि रहेको भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा छ। नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा पछाडि बंगलादेश १ सय ८७, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा रहेका छन।

विश्‍व वरीयतामा यसपटक पनि बेल्जियम शीर्ष स्थानमा रहेको छ। यस्तैगरी, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, उरुग्वे क्रमशः दोस्रोदेखि पाँचौ स्थानमा रहेका छन्। क्रोयसिया, पोर्चुगल, स्पेन, अर्जेन्टिना र कोलम्बिया छैठौदेखि दशौं स्थानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.