समाज

माइला लामासहित ८० कैदीबन्दीको स्वास्थ्य परीक्षण

फागुन ८, २०७६

    संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। ७०औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बिहीबार खाँदबारी कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गराइएको हो।

    सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लवका केन्द्रीय तथा उपत्यका इन्चार्ज माइला लामासहितका कैदीबन्दीले स्वास्थ्य परीक्षण गराएका छन्। विप्लवका तत्कालीन उपत्यका इन्चार्ज लामा बुधबार जिल्ला अदालतले कारागार चलान गरेको थियो।

    दिवसको अवसरमा जिल्ला कारागारका ८० जना कैदी बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। कैदी बन्दीलाई स्वास्थ्य परीक्षणपश्चात मूल समारोह समितिले निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। कारागारभित्रै शिविर सञ्चालन गरेर विभिन्न रोगको परीक्षण गरिएको थियो।

    जिल्ला अस्पताल खाँदबारीका स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए। रगत, खकार, दिसापिसावलगायतका परीक्षण गर्नुपर्ने बिरामीको परीक्षणसमेत निःशुल्क गरिदिन प्रमुख अधिकारीले अनुरोध गरे।

    खाँदबारी अस्पतालका डाक्टर सुन्दर श्याम झाको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षणका साथै परामर्श दिएको थियो। सातजना महिलासहित ८० जना कैदी बन्दीको स्वास्थ्य परिक्षण गरिएको जिल्ला कारागारले जनाएको छ। शिविरको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठलगायतले अनुगमन गरेका थिए।

    प्रजातन्त्र दिवसको अवसरमा विभिन्न मुद्दाका सातजना कैदीबन्दीलाई आममाफी दिएको कारागार प्रमुख अधिकारीले जानकारी दिए। आममाफी पाउनेमा रिन्जिन शेर्पा, तेम्बा शेर्पा, धर्मनाथ राई, लाक्पा शेर्पा, कर्मा लामा र विकाश श्रेष्ठ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]