मुख्यमन्त्रीले उद्घाटन गर्ने

|

डडेल्धुरा : नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको तयारी पूरा भएको छ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि शुक्रबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नेछन्।

प्रतियोगिताको उद्घाटनअगाडि ट्राफिक चौराहबाट र्‍यालीसमेत निकालिने छ। उद्घाटन खेलमा बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुने उनले बताए।

प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्ने छ।

प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए।

नेपाल आइस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ।

यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, इन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल बैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ।

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम-११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.