|

प्यूठान : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सदस्य तथा पार्टीनिकट देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष हिमबहादुर केसीसहित एक दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

शुक्रबार प्यूठान नगरपालिका ९ मरन्ठानामा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनभेटघाट कार्यक्रममा केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टी प्रवेश गराएका हुन्। प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) जिल्ला सदस्य राजेन्द्र बहादुर केसी, कृष्ण रोका क्षेत्र, विजय केसी, सीता केसी, मिना गिरी, संगिन पोख्रेल, राष्ट्रिय जनमोर्चाका शिव बहादुर केएमलगायत रहेका छन्।

पार्टी प्रवेश गराउँदै प्रदेश-५ प्रदेशसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य कृष्णध्वज खड्काले देशमा परिवर्तनकारी राजनीतिक आन्दोलनहरू सकिएको भन्दै आर्थिक समृद्धिको दिशामा पार्टी र सरकार अगाडि बढिरहेको बताए। राजनीतिक आन्दोलन समाप्ती पछि अवको युग विकास र संमृद्धिको युगमा प्रवेश गरेको बताउँदै समृद्धि हासिल गर्नको लागि नेकपाले नेतृत्व गरिरहेको जिकिरि गरे।

‘आर्थिक समृद्धि गरी विकासमा अग्रगामी छलागं मार्न कम्युनिष्ट सरकार लागि परेको छ’ खड्काले ‘सबै कम्युनिष्ट पार्टीमा गोलवन्द भइ देशलाई नयाँ उचाईमा पुराउनका निम्ति सबैलाई आग्रह गर्दछु।’ भ्रष्टाचार नियन्त्रण, अनियमितताका विषयमा कम्युनिष्ट सरकार सधै उच्च नैतिकताका साथ लागि परेको उनले दावि गरे।

अफताव आलम र गच्छ्दारका विषयमा कांग्रेसले अपराधी र भ्रष्टाचारीलाई बचाउन सडक आन्दोलन गरी निचता प्रवृत्ति उदांगो पारेको र नेपाल कम्युनिष्ट पार्टी निकटका जोकोहीलाई पनि आरोपहरू आउँदा नैतिक रूपमै पार्टीको निर्देशनमा निष्पक्ष छानविनमा सघाउ पुराउने वातावरणको सिर्जना गरेको  नेता खड्काले प्रष्टाए।

पार्टी प्रवेश गर्नेको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सदस्य तथा देशभक्त गणतान्त्रिक मोर्चाबाट आएका हिम बहादुर केसीले मुलुकुको आर्थिक समृद्धि विकासमा नेकपाको विकल्प नदेखेका कारण आफू नेकपामा प्रवेश बताए।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.