|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अध्ययन गर्न गठन गरेको कार्यादलले शुक्रबार साँझ प्रतिवेदन बुझाएको छ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यादलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सुझावसहितको प्रतिवदेन बुझाएको हो। कार्यादलको शुक्रबार बसकेको बैठकले सुझावको सहितको प्रतिवेदन बुझाएको हो।

पार्टीभित्र एमसिसीका पक्ष र विपक्षमा चर्को विवाद भएपछि गत माघ १५-१९ मा बसेको केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

५५ अर्ब अमेरिकी सहयोग नेपालमा एमसिसीमार्फत भित्र्याउन त्यसलाई संसद्‍बाट पारित गर्नु पर्ने भएपछि नेकपामा विवाद चर्किएको थियो। एमसिसीलाई एन्डोप्यासिफिक सैन्य रणनीतिकै अंशका रूपमा व्याख्या गरिएपछि नेकपा दुई धारमा विभाजित भएको अवस्थामा तीन सदस्यीय कार्यदल बनाइएको थियो।

कार्यदलको १० दिनको म्याद फागुन १ गते सकिएको थियो। १० दिन म्याद थप गरिएपछि कार्यदलले आफ्नो सुझावसहित आफ्नो प्रतिवेदन बुझाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.