|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो उड्ने सडककमा सरर गाडी गुड्ने बताएका छन्।

चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका ओलीले आफू पहिलो पटक आउँदा सडक पूरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताएका हुन्। हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए।

उनले इतिहासको कदर र वीरपुर्खाहरूको विरताको सम्मान गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रुपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताए। दहचोक पुगेर ओलीले एकीकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरे। उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरे।

पहिलोपटक चार वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफुले पहिलो पटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पूरा हुँदै गएको बताए। विभिन्न जिल्लामा रहेका गढीहरूको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए।

सार्वजनिक कार्यक्रमहरूमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओली शुक्रबार दहचोकमा भने त्यो विषयमा बोलेनन्। त्यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गरेकोमा शुक्रबार भने त्यो विषयमा पनि बोलेनन्। प्रधानमन्त्री ओली कार्यक्रममा झण्डै १५ मिनेट बोले। अधिकांश समय उनले कालु पाँडेको प्रशंसा गरेका थिए।

ओलीले भूकम्पपछिको पूनर्निमाणका विषयमा बोलेका थिए। उनले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.