|

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा हिमालयन शेर्पा फाईनलमा प्रवेश गरेको छ। निर्धारित समयमा २–१ ले च्यासल युथ क्लबलाई हराउँदै शेर्पाले अन्तिम दुईमा स्थान पक्का गरेको हो।

शेर्पाको लागि  दुवै गोल म्यान अफ दी म्याच भएका विजय श्रेष्ठले गरेका थिए। उनले खेलको सातौं मिनेटमा र ७१ औं मिनेटमा गोल गर्दै शेर्पालाई जित दिलाएका हुन्। पहिलो हाफको थप समयमा च्यासलको तर्फबाट काजिम लेभेल्डले गोल गरेर खेलमा फर्काएता पनि च्यासलका खेलाडीहरूले पाएका अवसर सदुपयोग नगर्दा जीतबाट बन्चित भए।  

निकै प्रतिस्पर्धात्मक भएको खेलमा म्यान अफ दी म्याच बनेका श्रेष्ठले नगद ५ हजार प्राप्त गरेका छन्। अब हिमालयन शेर्पाले संकटा र जावालाखेलमध्ये एक टिमसँग ११ गते फाइनल खेल्नेछ।  शनिबार हुने दोस्रो सेमिफाईनलमा संकटा काठमाडौं र जावालाखेल युथ क्लब ललितपुर बीच हुनेछ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.