समाज

टेक्निकल समस्या भएको भन्दै श्री एयरलाइन्सको नेपालगञ्ज उडान रोकियो

फागुन १०, २०७६

    काठमाडौं : काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको भन्दै उठान रोकिएको छ।

    शनिबार बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाजमा ‘टेक्निकल प्रोब्लम’ आएकाले उडान रोकिएको कम्पनीले जनाएको छ। उडानका लागि यात्रुहरु बोर्डिङ पास लिएर हवाई जहाज चढ्ने ठाउँसम्म तयार भइसकेका थिए। एयरलाइन्सका कर्मचारीले के समस्या भएको हो भन्ने आफूलाई थाहा नभएको बताए ।

    एयरलाइन्सको त्रिभुवन विमानस्थलमा रहेको कर्मचारी साजन सावाले यात्रुहरुलाई अर्को विमानमा पठाउने तयारी भएको बताए। उनले भने, ‘धनगढीबाट विमान आउँदै छ। करिब ४५ मिनेटपछि त्यसमा पठाउने तयारी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]