|

कञ्चनपुर : दुई दशकदेखि बन्द रहेको भीमदत्त नगरपालिकाको मझगाउँस्थित विमानस्थल सञ्चानका लागि घेराबार सुरु गरिएको छ। विमानस्थल सञ्चालनका लागि प्राविधिक अध्ययनको कार्यपछि  घेराबार थालिएको हो।
 

प्रतिनिधिसभाका सांसद डा. दीपकप्रकाश भट्टको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको ५० लाख रुपैयाँको लागतमा विमानस्थलको बाह्य क्षेत्रमा मेसवायर जडानको कार्य सुरु गरिएको नगरपालिकाका इन्जिनियर हिमाल सिंह ऐरले बताए। उनका अनुसार नगरपालिकाले समेत विमानस्थलका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

यसैगरी सुदूरपश्चिम प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रमको २५ लाख र महाकाली नगरपालिकाले विमानस्थल सञ्चालनका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। घेराबार निर्माणका लागि पदम कन्ट्रक्सनलाई ठेक्का पाएको छ। 

एक हजार प५३६ मिटर लम्बाइको घेराबार बैशाखभित्रै घेरवार निर्माण् सम्पन्न गर्ने सम्झौता भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले केही दिनअघि निरीक्षण गर्दै विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

लामो समयदेखि विमानस्थल बन्द रहँदा करोडांै रुपैयाँ खर्चिएर निर्माण गरिएको भौतिक संरचना जीर्ण भएका छन्। हवाई मैदान गौरन भएको छ। हवाई मैदानमा रहेको  ‘रन वे’ गाडी सिकारुका लागि प्रशिक्षण केन्द्र बनेको छ। २०२५ सालमा निर्माण सम्पन्न भएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५५ सालदेखि बन्द छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.