|

धरान : २२ औं बुढासुब्बा टुबोर्ग गोल्ड कपमा भारतीय पाहुना टोली युनाइनेटड कर्साङ (युकेएफसी) ले बिजयी सुरुवात गरेको छ। शनिबारको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै युकेएफसीले बिजयी सुरुवात गरेको हो।

पहिलो खेलमा नै पराजित हुदै आयोजक धरान नै प्रतियोगिताबाट बाहिरिएको छ। धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली युनाइनेटड कर्साङ, भारतसँग टाइ ब्रेकरमा पराजित भएको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय सिधै टाइ ब्रेकरबाट भएको हो। टाइ ब्रेकरमा कर्साङले धरानलाई ४–२ गोलअन्तरले हरायो।टाइ ब्रेकरमा कर्साङका सिद्धान्त क्षेत्री, प्रशान्त राई, विरेन प्रधान र प्रयास प्रधानको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो। धरानका हेमन्त थापा र मनिष गुरुङको प्रहार मात्र गोलमा परिणत भयो।

बिक्रम लिम्बूको प्रहार कर्साङका गोलकिपरले रोके भने मनोज राईको प्रहार पोलमा ठोक्किएर बाहिरियो। उद्घाटन खेलको म्यान अफ दि म्याच कर्साङका वानदेन तामाङ घोषित हुँदै नगद १५ हजार र अन्य पुरस्कार पाए भने वेष्ट गोलको पुरस्कार धरानका सुनिल खड्काले नगद ५ हजार पाए।

प्रतियोगितामा भोली आइतबार नेपाल पुलिस क्लब र झापाको मेची नेत्रालय काँकाडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.