|

न्युजिल्यान्डका रोस टेलर क्रिकेटका तीन फर्मयाट (टेस्ट, एकदिवसीय र टी-२०) मा एक सय खेल खेल्न विश्वका पहिलो खेलाडी बन्न सफल भएका छन्। उनले १४ वर्षे करिअरमा यो उपलब्धि हाँसिल गरे।

शुक्रबार भारतविरुद्धको खेलमा आफ्ने एक सयौँ टेस्ट खेल खेल्दै उनले इतिहास बनाए। उनलाई पछ्याउने केवल दुई खेलाडी अहिले खेलिरहेका छन्। जसमा भारतका रोहित शर्मा र पाकिस्तानका शोएब मलिक रहेका छन्। दुवैले एकविदसीय र टी-२० मा एक सय बढी खेल खेल्ने टेस्टमा भने यी दुई खेलाडी निकै पछि छन्। शोएबले केवल ३५ खेल खेल्दा रोहीतले ३२ मात्रै टेस्ट खेलेका छन्। त्यसैले यी दुई खेलाडीले टेलरको कीर्तिमान भेटाउने सम्भावना निकै कम रहेको छ।

टेलरले यसअघि ९९ टेस्टमा ४६.२८ को औसतमा ७१७४ रन बनाएका थिए। जसमा १९ शतक र ३३ अर्धसतक रहेका छन्। उनले २३१ एकदिवसीय खेलमा ८५७० रन बनाएका छन्। जसमा २१ शतक र ५१ अर्धशतक रहेका छन्। टेलरले १०० टी-२० मा ७ अर्धसतकको मद्दतमा १९०९ रन बनाएका छन्। न्युजिल्इान्डका यी लिजेन्ड ब्याट्समयानले आफने एक सयौँ टी–२० गत २ फेब्रुअरीमा भारत विरुद्धनै खेलेका थिए।

२००६ मा डेब्यु

टलरले नोभेम्बर २००६ मा वेस्टइंडिजविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्य गरेका थिए। उनी एकदिवसीय खेलमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्। यद्यपि टी–२० मा भने उनी ब्रेन्डम म्याकुलम र मार्टिन गुप्टिलभन्दा पछि छन्।

टेलरले भने ‘मलाई अहिलेपनि लाग्छ यो टिमका लागि लायक छु, म अहिलेपनि फिल्डीङ राम्रोनै गरिरहेको छु। म अझै धेरै रन बनाउन चाहान्छु। म यसमा खुसी छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.