मनोरञ्जन

गृहनगरमा गायक डम्बर र निशान सम्मानित

फागुन १०, २०७६

    मोरङ : चर्चित गायक डम्बर नेपाली र गायक निशान भट्टराईलाई गृहनगर उर्लाबारीमा सम्मान गरिएको छ। महाशिवरात्रिको अवसरमा ‘बृहत साँगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्वयलाई सम्मान गरिएको हो। उनीहरुलाई प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मानपत्र प्रदान गरे।

     ‘उर्लाबारीलाई सांगीतिक उर्भरभुमीका रुपमा देशविदेशमा चिनाउन सफल डम्बर र निशानलाई सम्मान गरिएको हो', कार्यक्रम संयोजक किशोर श्रेष्ठले भने 

    कार्यक्रममा डम्बर र निशानले आफ्ना नयाँ तथा पुराना चर्चित गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए। डम्बरले शिवरात्री साँझलाई अझ रंगीन बनाइदिए। 

    क्लबका अध्यक्ष प्रेमराज शर्माले कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]