|

संखुवासभा : निर्माणाधीन ९ सय मेगावटमा कार्यरत ट्रक चालकको  भिरबाट लडेर मृत्यु भएको छ। मृत्यु  हुनेमा बाराको जितपुर नगरपालिका २ का २२ वर्षीय रवि बस्नेत रहेका छन्। 

भिरबाट लडेर घाइते भएका चालक बस्नेतको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउँदै गर्दा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। अरुण तेस्रोको ड्यामसाइड मकालु गाउँपालिका ५ फाक्सिदाको भिरबाट एकसय मिटर तल खसेर घाइते भएका थिए।

बस्नेत अरुण तेस्रोमा ट्रक चालकको रुपमा कार्यरत थिए। चालक बस्नेत फाक्सिदाबेशी नजिकैको भिरबाट लडेर घाइते भएका थिए। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदवारीमा राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।                                 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.