|

हेटौंडा : तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ। आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले पराजित गर्दै जावलाखेलले उपाधि उचालेको हो। 

जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले गरेको एक मात्र गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो। पहिलो हाफ गोलरहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको पाँचौ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन्।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जावालाखेलले फाइनलमा हिमालयनसँगको भेट पक्का गरेको थियो। सिजनको पहिलो जितसँगै जावलाखेलले ६ लाख नगदसहित शिल्ड र मेडल प्राप्त गरेको छ। उपविजेतामा तीन लाखमा चित्त बुझाएको हिमालयनले लाखसहित शिल्ड र मेडल प्राप्त गरेको छ।  

फाइनलमा म्यान अफ दी म्याच भएका जावलाखेलका दिलेन मोक्तानले नगद ५ हजार प्राप्त गरे। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका विदेशी खेलाडी अदा म डुम्बिया भए। उनले नगद ५० हजार प्राप्त गरे। यसैगरी प्रतियोगिताको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए भने उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका कै अरुण ब्लोन भए। त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट प्रशिक्षक जावलाखेलका किशोर केसी भए। 

उत्कृष्ट भएका ५ जनाले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन्। पहिलो बागमती गोल्ड कपको उपाधि हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.