|

धरान : जारी २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ। आइतबार भएको दोस्रो खेलमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर झापालाई ३–१ गोलले हराएको हो।

पुलिसलाई जिताउन जुमानु राईले दुई र सुमन सुवेदीले एक गोल गरे। यता नेत्रालयका लागि सञ्जय धिमालले एक गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच पनि पुलिसका जुमानु राई घोषित भए। उनले नगद १५ हजार पाए भने वेष्ट गोल पुलिसकै सुमन सुवेदी घोषित हुदै नगद ५ हजार पाए। यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबलाई हराउँदै यूके एफसी सेमिफाइनलमा पुगिसकेको छ।

शनिबार भएको खेलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै युकेएफसी अन्तिम चारमा प्रवेश गरेको हो।प्रतियोगितामा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दुई विदेशी क्लबसहित आठ टोली सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.