|

दाङ : प्रदेश ५ सरकारले आयोजनामा  बेलझुण्डीमा शनिवारदेखि ‘प्रदेश एक्स्पो २०७६’ भइरहेको छ। एक्सोको अन्तिम दिन सोमबार हो।

एक्स्पोमा प्रदेश ५ का १२ जिल्लाका १०९ स्थानीय तह र प्रदेश ५ का मन्त्रालयलगायत अन्य क्षेत्रकाले ५०० स्टलमा विभिन्न किसिमका पर्दशनी राखेका छन्। त्यही प्रदेश एक्स्पोको अवलोकन गर्न भनी सोमबार तुलसीपुर उपमहानगरपालिकाले उपमहानरभित्रका  सामुदायिक तथा निजी विद्यालयहरुलाई सार्बजनिक बिदा गर्न निर्देशन दिएको छ।

उपमहानरका शिक्षा समिति संयोजक देवराज विश्वकर्माका अनुसार प्रदेश ५ लाई एकै ठाउँमा जोड्नका लागि आयोजना गरिएको प्रदेश एक्स्पो अवलोकनका लागि उपमहानगरपालिकाले सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान समेत गरेको छ। विद्यार्थीलाई सहयोग गर्न शिक्षकलाई निर्देशन दिएको छ। 

प्रदेशभरिका विभिन्न बहुपक्षीय कुराहरु व्यवहारिक ढंगले विद्यार्थीहरुले सिकून् भनी विद्यालय बिदा दिइएको संयोजक विश्वकर्माले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.