|

तनहुँ : रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ।

कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापेर सुरेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। सुरेशको घटनास्थलमै मृत्यु भएको थियो।

शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.