|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आजदेखि दुई दिने भारत भ्रमण गदै छन्।  

शक्तिशाली मुलुकका राष्ट्रपति ट्रम्प पहिलो पटक भ्रमणमा आउने भएपछि भारतले भव्य तयारी गरेको छ। उनी पहिलो दिन आज गुजरातको अहमदाबाद जाने र त्यहाँबाट उत्तर प्रदेशको आगरा सहर जाने कार्यक्रम छ। उनले ताजमहलको अवलोकन गरेर आजै साँझ राजधानी नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। 

राष्ट्रपति ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाई जेराड कुशनर पनि भ्रमण टोलीमा हुनेछन्। भारतीय विदेश मन्त्रालयले ट्रम्पको स्वागतका लागि अहमदाबादमा हजारौँ मानिस सडकमा उत्रिने जनाएको छ। 

राष्ट्रपति ट्रम्प अहमदाबादको सरदार वल्लभभाई पटेल स्टेडियमबाट साबरमती आश्रम जाने कार्यक्रम छ। त्यसपछि विश्वकै सबैभन्दा ठूलो मोटेरा स्टेडियम जाने कार्यक्रम छ। यो करिब २२ किलोमिटर लामो यात्रा उनले कारमा गर्नेछन्। 

मोटेरो स्टेडियममा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पले करिब एक लाख मानिसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  ट्रम्पले भ्रमणका क्रममा विभिन्न सम्झौता गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.