|

नयाँ दिल्ली : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको अहमदाबाद आइपुगेका छन्। उनलाई अहमदाबादस्थित एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर स्वागत गरे। 

राष्ट्रपतिका रुपमा पहिलो पटक ट्रम्प भारत भ्रमणमा आएका हुन्। ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाइँ ज्यारेड कुशनर पनि भारत आएका छन्। 

अमेरिकी राष्ट्रपति अहमदाबादमा २३० मिनेट रहनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ट्रम्पले २२ किमी लामो रोड शोमा सहभागी हुनेछन्। मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा पनि उनी सामेल हुनेछन्। 

बितेका ६१ वर्षमा ट्रम्प भारत आउने सातौँ अमेरिकी राष्ट्रपति हुन्। बाराक ओबामा दुई पटक भारत आएका थिए। ट्रम्प भारत आउँदै गर्दा मोदीले ट्विट गर्दै भनेका थिए, 'ट्रम्प, भारत तपाईंको प्रतीक्षा गरिरहेको छ। तपाईंको भ्रमणबाट दुई देशको सम्बन्ध अझै मजबुत हुनेछ।'

मोदीलाई जवाफ दिँदै जहाजबाटै ट्रम्पले भनेका थिए, 'हामी भारत उनका लागि तयार छौं। हामी बाटोमा छौं, केही घण्टामै हामी सबै भेट हुने छौं।'

अहमदाबादपछि ट्रम्प ताजमहल हेर्न आगरा जानेछन्। २५ फेब्रुअरीमा ट्रम्पलाई दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। अमेरिकी राष्ट्रपतिसँग मोदीले हैदराबादमा औपचारिक भेट गर्नेछन्। दुवैले संयुक्त विज्ञप्ति पनि निकाल्नेछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.