|

काठमाडौं :  स्वास्थ्य बीमा कार्यक्रम असफलतातर्फ हुन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र चार जना बोर्ड सदस्यलाई आठ बुँदे स्पष्टीकरण सोधेको छ। स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जिम्मा राज्यमन्त्री नवराज रावतलाई दिएका छन्।

उनीहरूलाई स्वास्थ्य बीमा कार्यक्रम प्रवर्द्धन विस्तार गर्नेतर्फ ध्यान नदिएको, क्लेम रिभ्यु रिम्बर्समेन्ट कार्य समयमै गर्न ध्यान नदिएको, स्वास्थ्य संस्थाहरुसँग आर्थिक प्रलोभनमा सोधभर्ना हुने गरेको व्यापक जनगुनासोमा ध्यान नदिएको। नक्कली बिमितको छानविन र कार्वाही नगरेको। स्वास्थ्य सेवा लिन विमितले व्यहोर्नु परेको झन्झट कम गर्न स्वास्थ्य संस्थाहरुसंग समन्वय नगरेको आरोप छ।

यस्तै बीमा बोर्डको बैठकमा आफ्नो सुविधा भत्ता आदिमा मात्रै छलफल गरेको, कर्मचारी विनियमावली, विभिन्न समितिहरु निर्देशिकाहरु निर्माण नगरी अस्तव्यस्त बनाएको समेत आरोप लागेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूलाई सात दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण सोधिनेमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसाद, कार्यकारी निर्देशक रमेशकुमार पोखरेल रहेका छन्। यस्तै बोर्ड सदस्यहरु डा सतिशकुमार देव, डा दीपेन्द्रकुमार यादव, डा अनिरा वैद्य र प्रीती रमण छन्।

यसैगरी, सदस्य दर्ताका लागि आवश्यक फारम रसिद तालिमको व्यवस्थापन समयमै गर्ने तर्फ ध्यान नदिएको, सेवा वापतको रकमबाट घटेको जानकारी सदस्यहरूलाई मोवाइल एसएमएसमार्फत दिने व्यवस्था लागू नगरेको र सदस्यता बृद्धि रिन्युअल दर बढाउनेतर्फ ध्यान नदिएको जस्ता आरोप लागेको छ। मन्त्रालय यी प्रश्नको चित्तबुझ्दो जवाफ नदिए बर्खास्ती गर्ने योजनामा छ।

२०७२ चैत २५ गते इलाम, कैलाली र बाग्लुङबाट सुरु भएको स्वास्थ्य बीमा हाल  देशको ५० वटा जिल्लामा सञ्चालन भइसकेका छन्। भने सरकारले यही चालु आर्थिक वर्षभित्र देशका सम्मपुर्ण जिल्लामा बीमा लागू गर्ने घोषणा गरिसकेको छ।

चुनावको बेला सबै राजनीति दलले आफ्नो घोषणापत्रको मुख्य एजेन्डा बनाएको स्वास्थ्य बीमा मा अहिले भने आकर्षण घट्दो देखिँदै आएको तथ्यांकले देखाएको छ।  
०७२ सालबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म ९ लाख ३७ हजार ८७४ जनाले स्वास्थ्य बिमाको सेवा लिइ सकेका छन्। सरकारले बिमालाई विस्तार गर्ने लक्ष्य लिए पनि जनतामा भने बिमा कार्यक्रमप्रति घट्दो चासो रहेको पाइएको छ।

घट्दै बिमाप्रति आकर्षण हाल बिमा गराएकाहरूमा पहिलो बीमा गराएका बिमितहरू पुन: अर्को वर्ष नवीकरण गर्नेमा  १६ प्रतिशतले कमी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.