सडक पखालियो, चार घेरमा कडा सुरक्षा

|

नयाँदिल्ली : भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको छ। प्रेमको प्रतीक मानिने ताजमहल हेर्न आउने भएपछि ट्रम्प दम्पत्तिको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको हो।

सोमबार मध्यान्ह ट्रम्प पत्नीसहित गुजरातको अहमदावादमा उत्रिएका छन्। उनी त्यहाँबाट आगरास्थित ताजमहल हेर्न आउँदैछन्। बिबिसी हिन्दीका अनुसार ताजामहल क्षेत्रमा बाँदरले पर्यटकलाई हैरान खेलाउँछन्। 

ट्रम्पलाई बाँदरको आक्रमणबाट जोगाउने उपायस्वरुप भारतीय प्रहरीले पाँचवटा लंगुर तैनाथ गरेको हो। एक पुलिसकर्मीले सुरक्षा व्यवस्थ अत्यन्तै कडा बनाइएको जानकारी दिएका छन्। 

सुरक्षाको व्यवस्ता मानवीय हमलालाई मात्रै हेरेर गरिएको छैन जंगली र घरपालुवा जनावरबाट जोगिने गरी पनि बन्दोबस्त गरिएको छ। ताजमहल र त्यस आसपासको क्षेत्रमा प्रायजसो बाँदरले पर्यटकमाथि हमला गरिरहेका हुन्छन्। 

यस्तोमा बाँदरलाई लखेट्नका लागि भारतीय सुरक्षाकर्मी आगरामा लंगुर तैनाथ गरेका हुन्। पुलिस प्रशासनले यसका लागि वन विभागका अधिकारीसँग सहयोग मागेका छन्। 

ट्रम्प आउनुपहिले नै आगरामा लंगुरलाई सुरक्षाामा खटाइएको छ। तर यिनीहरुले कसरी काम गर्छन् भन्‍ने हेर्न बाँकी रहेको छ। ताजमहल आसपास गाईगोरु र कुकुर पनि अत्यधिक पाइन्छन्। यस्तोमा उनीहरुलाई त्यहाँबाट हटाउन प्रशासनलाई ठूलै चुनौती बनेको छ। तर प्रशासनले यसको समाधान पनि निकालेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा केवल २ घण्टाका लागि रहनेछन्। तर उनको स्वागतका लागि आगरामा कयौँ दिनदेखि दिन-रात खटेर विशेष तयारी गरिएको छ।

आगराका हरेक सडकलाई धोएर सफा पारिएको छ। ट्रम्पको गाडी चल्ने हरेक सडक क्षेत्रमा कडा सुरक्षा गरिएको छ। डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प सोमबार साँझ करिब साढे ४ बजे ताजमहल हेर्न आगरा पुग्दैछन्। 

ताजमहल परिसरको चारैतर्फ सुरक्षा अत्यन्त कडा बनाइएको छ। चार घेरमा स्थानीय पुलिसदेखि अर्धसैनिक बलका जवान र एनएसजीका कमाण्डो पनि तैनाथ गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.