विश्व

भारत आएका ट्रम्पलाई खानपिनमा सकस, मोदीको मेनुमा समोसा र रोटी

फागुन १२, २०७६

    ट्रम्पसँगै देश विदेशको भ्रमण गर्दै आएका अमेरिकी अधिकारीहरू भारतको अहमदावाद ओर्लिनासाथ खानाको मेनु देखेर छक्क परे, जो ट्रम्पको साबिकको खानपीनसँग रत्तिभर मेल खाँदैनथ्यो।

    ३६ घण्टे भारत बसाइका क्रममा भारतले ट्रम्पलाई स्थानीय परिकार चखाउने गरी मेनु तयार पारेको छ, जसको स्वादसँग ट्रम्पको जिब्रो अभ्यस्त छैन। 'हो, ट्रम्पको खानामा सलाद कहिल्यै टुट्दैन। तर माछामासु पनि छुट्दैन। उनले शाकाहारी खाना खाएको कहिल्यै देखेका छैनौं' एक अमेरिकी अधिकारीलाई उधृत गर्दै सिएनएन भन्छ, 'यहाँको मेनुमा त चीजबर्गरसम्म पनि छैन। ट्रम्पले कसरी म्यानेज गर्छन् थाहा छैन।'

    ट्रम्प प्रायस्जसो बर्गर, मासु, स्टिक्स आदि खान रुचाउँछन्। तर, भारतका तीन शहर घुम्न लागेका ट्रम्पको विभिन्न अपरिचित परिकारसँग साक्षात्कार हुनेवाला छ।
    ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तालु भएर भारत आएका हुन्।

    मोदी शाकाहारी भएकाले प्राय: लञ्च र डिनरमा शाकाहारी खानेकुरा नै सामेल छन्। मोदीको मेनुमा भेज-बर्गर, रोटी, समोसा, नरिवल पानी आदि समेटिएका छन्।
    यस अघि ट्रम्पले जति पनि देशको भ्रमण गरेका छन्। त्यहाँ कहिल्यै खानाको समस्या भएको थिएन' एक अधिकारी भन्छन्, 'कुनै न कुनै परिकार ट्रम्पको रोजाइको पाइहालिन्थ्यो।' 

    ट्रम्प बिफ खान रुचाउँछन्, तर भारतमा म्याकडोनाल्डले बिफबाट बनेका परिकार बेच्दैन। त्यसैले, कोठाभित्र जेसुकै गरुन्, सार्वजनिक समारोहमा उनले यसपाली शाकाहारी खाना नखाइ धर पाउने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]