सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको आरोप

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको आरोप लगाएका छन्। पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको बताए।

प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना गर्दै भने, ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्।’

उनले संसदमा पेस हुने विधेयकहरुबारे त्यहाँ छलफल गर्नु पर्नेमा पर्याप्त कुरा गर्ने ठाउँ नभएपछि जनतामा भ्रम छर्न विपक्षी दल लागी परेको आरोप लगाए। संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.