समाज

पाँच दिनमै आरोहण गर्न चार शेर्पा सगरमाथातर्फ

फागुन १२, २०७६

    काठमाडौं : चारजना शेर्पाहरुले पाँच दिनमा सगरमाथाआरोहण गर्ने भएका छन्। संखुवासभा मकालु गाउँपालिकाका चारजना हिम आरोहीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्‍वकै रेकर्डमा सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागिएको जानकारी गराएका हुन्। 

    आठपटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथातर्फ लागेको छ। 

    आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वाका आरोहिहरुको ध्यान नेपालमा खिच्‍न विन्टर सिजन अर्थात जाडो सिजनमासमेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताए।

    उनले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभए पनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पुर्‍याउन खोजिएको बताए।

    आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा विरलै हुने गरेको र यसअघि सन १९८० र सन १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताए। तर यसपटक आफुहरुले यहि फेब्रुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]