|

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी—ट्वान्टी क्रिकेटका लागि साविक विजेता ललितपुर पेट्रियट्सले तीन जना पाकिस्तानी खेलाडीलाई टिममा भित्र्याएको छ।

पेट्रियट्सले आज एक विज्ञप्ति जारी गर्दै ईपीएलको आगामी संस्करणका लागि अलराउन्डर्स हम्माद आजम, हसन खान र बायाँहाते तीव्र गतिका बलर मिर हाम्जालाई अनुबन्ध गरिएको जनाएको छ। तीव्र गतिका बलर मिरले इंग्ल्याण्डबाट काउन्टि खेलिसकेका छन् भने हसनले पाकिस्तान सुपर लिग खेलेका छन्। घरेलु क्रिकेट खेलेका आजम सन् २०१९ मा पाकिस्तान कपमा उत्कृष्ट अलराउण्डर बनेका थिए।

ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने तयारीमा रहेको ललितपुरले यसअघि श्रीलंकाका पूर्वकप्तान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ। ईपिएलको चौथो संस्करण आगामी चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.