‘देशलाई हामी आमा भन्छौँ, काटेर खान मिल्दैन’

|
फाइल फोटो

काठमाडौं : नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा काटेको ‘केक’ को विषयलाई लक्षित गर्दै देशलाई काटेर खान नमिल्ने बताएका छन्।
 

सोमबार सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै ट्वीटरमा उनले लेखेका छन्, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन।’

केक काटेर खाने नेपालीको मौलिक संस्कृति नभएको समेत प्रष्टाएका छन्। ‘समृद्धि’का लागि संसारसामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउने पार्टी निर्णय हुन नुहुने भन्दै असतुष्टि समेत व्यक्त गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.