|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनुगमन निर्देशनालयको सुझावविपरीत करार शिक्षक थप्ने तयारी गरेको छ।

राजनीतिक आस्था र भागबन्डाको आधारमा कार्यरत आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा छ। त्रिवि अनुमगन निर्देशनालयले आंगिक क्याम्पसहरुमा अवस्था, त्यहाँ कार्यरत शिक्षक र विद्यार्थीको अनुपात अनुगमन गरी शिक्षक सुरुवा तथा सिफ्ट समायोजन गर्न कार्यकारी परिषदलाई सिफारिस गरिसकेको छ।

लामो समयदेखि आन्दोलनरत आंशिक शिक्षकले दाङ, नेपालगञ्ज, पोखरा, बुटवललगायतका आंगिक क्याम्पसहरुमा तालाबन्दी गर्दै आएका छन्। शिक्षकको आन्दोलनपछि त्रिविले कार्यकारी परिषदले आंशिक शिक्षक सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.