|

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको प्रमुख विशेषज्ञ पद १२औं तहमा तीनजनालाई बढुवा गरेको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्‍को बैठकले तीनजनालाई प्रमुख विशेषज्ञको रूपमा १२औँ तहमा बढुवा गरेको हो।

डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठलाई १२औं तहमा बढुवामा परेका छन्। यसअघि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित बढुवा समितिले पाँचजनाको नाम सिफारिस गरेको थियो। त्यसमा अहिले बढुवा भएका तीनजनाबाहेक डा भीमसिंह तिंकरी र डा केदार सेन्चुरी डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठ थिए।

नयाँ संरचनाअनुसार प्रमुख विशेषज्ञ पद स्वास्थ्य मन्त्रालयमा दुईवटा र स्वास्थ्य सेवा विभागमा एउटा पद रहने व्यवस्था छ। मन्त्रालयमा रहने दुईजना प्रमुख विशेषज्ञमध्ये एकजनाले नीति योजना तथा अनुमगन, गुणस्तर मापन तथा नियमन महाशाखा हेर्ने र अर्कोले जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको छ।

अर्को प्रमुख विशेषज्ञ भने स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने प्रावधान छ। महानिर्देशकले स्वास्थ्यकर्मीहरूको समग्र क्षेत्रलाई हेर्ने भए पनि दुईजना प्रमुख विशेषज्ञ चिकित्सकहरूले भने देशको समर्ग स्वास्थ्य नीति निर्माण क्षेत्रको विशेषज्ञयताको हिसाबले बागडोरनै समाल्नुपर्ने हुन्छ। त्यसैले स्वास्थ्य मन्त्रालको १२ तहको प्रमुख विशेषज्ञ चिकित्सकको पद  स्वास्थ्यको नितिनियम निर्माणको लागि बलियो मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.