|

म्याग्दी : रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले निजी खर्चमा गाउँपालिकाभित्रको विकट क्षेत्रमा सडक निर्माण गरेका छन्। वडा नम्बर १ बेगखोलाको चेन्डाँडा, सिमफाँट, भौसरा र चुतर्नीमा अध्यक्ष भण्डारीले पाँच लाख नौ हजार रुपैयाँमा सडक निर्माण गरेका हुन्।

स्थानीयवासीको अनुरोधमा निर्माण गरिएको साढे दुई किलोमिटर लम्बाइको सडकको सोमबार उदघाटन गरिएको छ। चेनडाँडाबाट विस्तार गरिएको मोटरबाटो सिद्धनाथ, तल्लो लिला हुँदै चुतर्नी जोडिएको स्थानीय खिम फगामीले बताए। 

सडक विस्तारसँगै बेगखोला रिङरोडमा परिणत भएको छ। बेगखोलाका विभिन्न बस्तीबाट छिमेकी भगवती, बेगखोला हुँदै बेनी र पोखरेबगरतर्फ जान सहज भएको छ भने एक वस्तीबाट अर्को बस्तीमा आवतजावत गर्न मिल्ने स्थानीयले बताएका छन्।

सडक निर्माणपछि सिमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.