|
फाइल तस्बिर

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–जडीबुटीमा बुधबारबाट सवारी साधन चलाउने लेन सम्बन्धी नियम परिवर्तन गरेको छ।

सवारी चापको व्यवस्थापनका लागि महाशाखाले यस्तो नियम बनाएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार बुधबारबाट विस्तारै हिँड्ने टिपर,ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ। छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ। 

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने आशा गरिएको बताए।

‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन' उनले भने, 'जामलाई कम गर्नका लागि यो नियम ल्याइएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.