|

जाजरकोट : छेडागाड नगरपालिका-३ का लालबहादुर थापाले घर ढुंगाले छाएको छन्। उनको पुर्खौंदेखि घर ढुंगाले नै छाउने चलनकै रुपमा स्थापित भएको छ।

जस्तापाता ल्याउनका लागि बजारनजिक नभएको र खरले छाउँदा डाँडामा हावाको चापले गर्दा आगलागी हुने भएपछि ढुंगाको छहारामा घर छाउन लागिएको थापाको भनाइ छ।

दशेरा गाउँमा झण्डै चारवटा टोल रहेको छन्। सबै टोलका घरहरू ढुंगाले छाइएका छन्। हावा, हुरी र आगलागीबाट जोगिन यहाँका सबै घरमा खरको सट्टा ढुंगाले छाएको स्थानीयवासी अप्रिल आरसी बताउँछन्।

भर्खरै मात्र दशेरा गाउँ सडक संचालसँग जोडिएको छ। योभन्दा पहिले यहाँका स्थानीयबासी पैदल १० दिनभन्दा बढी हिँडेर सुर्खेत, नेपालगन्ज गई नुन, तेल, खाद्यान्नलगायतका उपभोग्य सामग्री पिठ्यूमा बोकर ल्याउने गर्दथे।

घर छाउने ढुंगासमेत पिठ्यूमा बोकेर नै ल्याउने गरिँदै आएको अप्रिलले बताए। अहिले समय फेरिएको छ, घर आँगनमै यातायातका साधन आए पनि ढुंगाको प्रयोग दर घटेको छैन। गर्मी मौसममा घाम नहुँने, चिसोमा चिसोको प्रभाव नपर्ने भएकाले घर छाउना ढुंगाको प्रयोग निरन्तर गरिँदै आएको उनको बुझाइ छ।

'अहिले गाउँ, गाउँमा यातायातका साधन संचालन भए पनि ढुंगाको महत्व घटेको छैन।' स्थानीय पूर्णसमिर महतरा भन्छन्, 'ढुंगा प्रयोग गर्दा स्थानीयबासीले रोजगारी पाउछन् भने अर्कोतिर स्थानीय उत्पादन प्रयोगमा वृद्धि आउछ।' गाउँमै घर छाउने ढुंगा पाइने भएपछि नेपालगन्ज, सुर्खेत पुगेर टिन, जस्तापाता ल्याउनुपर्ने बाध्यता नभएको महतराको भनाइ छ।

गाउँमा ढुंगाका खानी रहेका छन् र त्यहाँ खानीमा काम गर्ने मानिसले रोजगारी पाएको अर्का स्थानीय रामबहादुर थापाले बताए। 'घरमा दाउराबाट खाना पकाउनुपर्ने भएकाले हावा चले पनि ढुंगाले छाएको घरमा खासै असर पर्दैन' उनले भने।

खरले छाएको छानामा आगलागीको भय बढी हुने छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए। 'खानीहरू व्यवस्थित गरेर लैजाने योजनामा छौँ,' उनले भने 'ढुंगाकै प्रयोग भएर खरको छानमुक्त जस्तो हाम्रो नगर रहेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.