|

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको हिंसामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। 

नागरिकतासम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरूका बीचमा भएको झडपका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।    

प्रहरीका अनुसार सोमबार राजधानीका धेरै ठाउँमा प्रदर्शन र झडपका घटना भएका छन्। दिल्ली प्रहरीले घटनामा परी अहिलेसम्म सातजनाको मृत्यु भएको जनाएको छ। मृतकमध्ये एकजना प्रहरी र अरू ६ जना सर्वसाधारण नागरिक रहेको बताएको छ।    

केन्द्रीय गृहमन्त्री अमित शाहले झडपको घटना भएपछि सोमबार राति सुरक्षा उच्च अधिकारीसँग छलफल गरेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर विरोध प्रदर्शन भएको हो।    

उत्तरपूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य क्षेत्रहरूमा आइतबारदेखि प्रदर्शन र हिंसा सुरु भएको समाचारमा जनाइएको छ। प्रदर्शन मंगलबार पनि जारी छ। ढुंगामुढा गरिरहेको भिडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको छ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.