|

रौतहट : रौतहट शसस्त्र प्रहरीले  स्रोत नखुलेको अबैध रकमसहित दुईजनालाई  पक्राउ गरेको छ। जिल्लाको राजदेबी नगरपालिका ८ लक्ष्मीपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछवाको सशस्त्र प्रहरीको टोलीले १९ लाख १ हजार १५० नेपाली मुद्रासहित सोमबार पक्राउ गरेको हो। 

रकमसहित रौतहटको कटहरिया नगरपालिका ६ बगही बस्ने २० वर्षीय नवलकिशोर साह र भारतको सितामढी जिल्ला बैरगनीया १४ बस्ने २३ वर्षीय सन्नीकुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड क्वाटर रौतहटका शसस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिएका छन्।

भारतबाट नेपालको रौतहट आउदै गरेको बी आर ०५ आर ९४६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ससस्त्र प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले बताए। उनीहरूको प्रयोग गरेको मोटरसाइकल, ३ वटा मोबाइल सेट बरामद गरिएको उनले जानकारी दिएका छन्।

पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ। सीमा क्षेत्रमा शसस्त्र प्रहरीले कडाइका साथ निगरानी बढाएको कर्णजितले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.