काठमाडौं : काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको छ। नेपालको संस्कृति, रीतिरिवाज र समाजिक उत्तरदायित्वको सन्देश दिन परीक्षाको आयोजना गरिएको हो।
परीक्षा हिन्दु स्वयं सेवक संघ नेपालको आयोजनामा भएको हो। परीक्षामा पाँच सय विद्यालयका ८ हजार विद्यार्थी सहभागि भएका थिए। स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाका संयोजक महाश्रम शर्माले हिन्दु दर्शन, मूल्य, संस्कृति, इतिहास, भूगोलसहित नेपालका विशेष पहिचानलाई जनाउने प्रश्न सोधिएको बताए।
तिनको उत्तर संकलन भएको ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ नामको पुस्तबाट प्रश्न सोधिएको र एक घण्टापछि नतिजा प्रकाशित गर्ने गरी परीक्षा आयोजना गरिएको गरिएको उनले बताए। उनले यो अभियान समाजलाई परिवर्तन गर्न, नैतिक मूल्य मान्यता र चरित्रलगायतका विषयलाई विद्यार्थीमा लागू गर्न परीक्षाले सहयोग गर्ने बताए।
आठ हजारजना विद्यार्थीको उत्तर पुस्तिका परीक्षा सकिएको एक घण्टामै जाँच गरी नतिजा प्रकाशित गरीएको थियो। परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी पुरस्कृत भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।