|

काठमाडौं : नेपाली कांग्रेसले सरकारले जारी गरेको नेपाल ट्रष्टको श्‍वेतपत्रलाई `धर्मपुत्र´ को `७० करोड´ बाट ध्यान मोड्ने प्रयत्नको संज्ञा दिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सकारले मंगलबार जारी गरेको ट्रष्टको श्वेतपत्रलाई निवर्तमान संचारमन्त्री बाँस्कोटाको कमिसन प्रकरणलाई मोड्ने प्रयत्नका रूपमा अर्थ्याएका हुन्।

बाँस्कोटाले सुरक्षण मुद्रण छपाई खरितका लागि स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मोलमोलाइ गरेको अडियो बहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। सो विषयबाट ध्यान मोड्नका लागि गर्न सरकारले श्वेतपत्र जारी गरेको उनले अर्थ्याएका हुन्। उनले सामाजिक संजालमार्फत श्वेतपत्रको `शास्त्र´ पालना नगरी निर्माण गरिएको दुब्लो 'अस्त्र'का रूपमा उल्लेख गरेका छन्।

नेपाल सरकारले नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकारसम्मेलन गरी श्वेतपत्रमार्फत ट्रष्टको चल तथा अचल सम्पत्ति सार्वजनिक गरेका हुन्।

मंगलबार जारी श्वेतपत्रमा उल्लेख भएअनुसार २१ हजार पाँच सय ६२ रोपनी जग्गा ट्रष्टको नाममा छ। जग्गा २०६४ सालमा नेपाल ट्रष्ट स्थापना भएपछि पूर्वराजाको नामबाट ट्रष्टको नाममा सारिएको हो। नेपाल ट्रष्टमा तत्कालीन राजपरिवारबाट आएको अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा पोखरलले जारी गरेको श्वेतपत्रमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.