|

भारतको राजधानी दिल्लीमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भड्किएको हिंसका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। घटनामा ८१ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ।  गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन्।  हिंसाले साम्प्रदायिक रुप लिएको छ। हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यसअघि पनि प्रदर्शन भएका थिए। तर गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.