|

सल्यान : सल्यान बनगाड कुपिन्डे नगरपालिका सल्लीबजारका शारीरिकरूपमा अशक्त देवबहादुर बुढा क्षेत्रीले गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आइरहेका छन्। भेरी नदी किनारमा दैनिक गिट्टी कुटेर चारजनाको परिवार पाल्दै आएका हुन्।

दुवै खुट्टा जन्मजात अपांगता भएका बुढा क्षेत्रीले दिनभर तीनदेखि चार बोरीसम्म गिट्टी कुट्ने गर्छन्। विगत ६ वर्षदेखि गिट्टीको भरमा परिवार पाल्दै आएको बुढा क्षेत्रीले बताए।

'एक बोरी गिट्टीको ६० रुपैयाँका दरले र प्रतिट्याक्टर ६ हजारका दरले बिक्री गर्दै आइरहेको छु' उनले भने, 'यस्तै बालुवा प्रतिट्याक्टर २ हजारका दरले बिक्री हुँदै आइरहेको छ।' बालुवा गिट्टीबाट आएको पैसाले छोराछोरीलाई शिक्षा दिने गरेको उनको भनाइ छ।

दुवै खुट्टा पूर्ण चल्ने भएको बुढाको राज्यले दिएको अपांगता भत्ता एक हजार ६ सय रुपैयाँले खाना लाउन नपुगेपछि गिट्टी कुटेर जीवनयापन गरेको उनको सुनाए। 'ख' वर्गको परिचयपत्र भएकोले अपांगता भत्तासमेत कम भएको बुढाले गुनासो छ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गिट्टी कुट्छन्। बुढासँगै उनकी श्रीमती चन्द्रमती बुढाले पनि गिट्टी कुट्दै आइरहेकी छन्। कार्यालय सहयोगी भएर काम गर्ने इच्छा भए पनि कोही कसैले वास्ता नगरेको चन्द्रमतीको भनाइ छ।

मजदुरी गररै अन्य सम्पत्ति जोड्न परै जावस खानलाउनसमेत हम्मेहम्मे भएको परिवारको दुखेसो छ। जति सुक्कै जोडो होस वा चर्को गर्मी भए पनि बुढा दैनिकी गिट्टी कुटेरै दिन बित्छ। आम्दानीका अन्य उपाय नभएपछि सबै परिवाले मजदुरी गररे साँझबिहानको छाक टार्नु परिरहेको जीवनका श्रीमती चन्द्रमती बुढाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.