|

डोल्पा : कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका विद्यालयलाई नयाँ विद्यार्थी भित्र्याउन भर्ना अभियान कार्यक्रमको चटारो बडेको छ। फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाँचवटै जिल्लाका विद्यालयलाई भर्ना अभियानमार्फत आ-आफ्नो विद्यालयमा धेरैभन्दा धेरै विद्यार्थी भित्र्याउन चटारो बडेको हो।

कर्णालीका अन्य जिल्लाजस्तै डोल्पामा पनि भर्ना अभियानको चटारो बडेको छ। यहाँका ग्रामीण गाउँबस्तीमा भर्ना अभियानका नाराले गुन्जिन थालेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएर १५ दिनको भर्ना अभियान र्‍याली सञ्चालन गर्ने अवधि सकिनै लाग्दा डोल्पाका विद्यालय पनि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थाप समितिका पदाधिकारीसहित विद्यार्थी तान्न नाराबाजीसहित घरदैलो गरिहेका छन्।

विद्यालयमा जतिसक्दो धेरै बिद्याथी भित्रयाउन शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यले गुणस्तरीय शिक्षा दिने प्रतिबद्धतासहित अभिभावकलाई बालबालिका पठाउन आग्रह गरिरहेका छन्। यसरी अभिभावक फकाउनेमा धेरैजसो विद्यार्थी संख्या न्यून भएका विद्यालय पर्दछन्।

बुधबार त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुरा माध्यामिक विद्यालय त्रिपुराकोटले पनि भव्यताका साथ भर्ना अभियान र्‍याली सञ्चालन गरेको छ। शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीसहित घरदैलोमा पुगेर उमेर पुगेका कलिला नानीबाबुलाई विद्यालयमा भर्ना गर्न अपिल गरिएको प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि विभिन्न शैक्षिक नारासहित घरदैलो अभियान गरिएको र यसबाट विद्यालय उमेरका सबै बालबालिका शिक्षाको पहुँचमा आउने उनले बताए। फागुन १५ गतेसम्म भर्ना अभियान भएकाले त्यसपछि धमाधम पठनपाठन क्रियाकलाप अघि बड्ने बताउँदै विद्यार्थीका सबैका हातहातमा नयाँ किताब पुगिसकेको उनले जानकारी दिए।

भर्ना अभियानको क्रममा गुणस्तरीय शिक्षा आजको आवश्यकता, भर्ना अभियान सफल पारौँ, उमेर पुगेका नानी बाबुलाई विद्यालय पठाउलगायतका नारा अंकित ब्यानर, प्ले कार्डसहित त्रिपुराकोट गाउँ र बगर बजार परिक्रमासमेत गरिएको छ। साविका कर्णाली अञ्चलमा फागुनमै नयाँ शैक्षिक सत्र सुरु हुने भएता पनि अन्यत्र जिल्लामा वैशाखमा मात्र शैक्षिक सत्र सुरु हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.