|

बुटवल : प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश-५ पालिकामा खाद्य सुरक्षाका योजना ल्याउनको लागि संघीय सरकारसँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएकी छन्। प्रदेश-५ सरकार एक्लै सम्भव नभएको भन्दै संघीय सरकारमार्फत सबै पालिकामा खाद्य सुरक्षाको लागि आफूले पहल गर्ने बताएकी हुन्।

संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली विषय अन्तरक्रिया कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेल नेपालीको खाने बानीमा सुधार ल्याउनसमेत आग्रह गरिन्। खानाको लागि भातबाहेक गहुँ, रोटी, मकै, फापरलगायतको प्रयोग बढाए खाद्य सुरक्षामा सफल हुने मन्त्री पौडेलको भनाइ छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेजबहादुर सुवेदीले खाद्य सुरक्षाको अवस्थामा प्रदेश सरकारले योजनाबद्ध रूपमा लागि परेको बताए। उनले मुख्य रुपमा खाद्य सुरक्षा भनेको त्यहाँको नागरिको इच्छा अनुसारको खाना पनि भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने बताए।

नेपालीको बानी बिहान साँझ खाना नै खानुपर्ने त्यसमा पनि भात नै खानुपर्ने बानीको विकास भएको भन्दै यसको लागि खानाका अन्य परिकारमा विविधिकरण गर्नतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो।

विश्व खाद्य कार्यक्रम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश-५, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश-५ को खाद्य सुरक्षाको अवस्थाको विषयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश-५ का खाद्य सुरक्षा तथा प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलपाको विषयमा विश्व खाद्य कार्यक्रममा चन्द्रबहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पदमा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै, राष्ट्रिय योजना आयोगक खड्कराज राई, संघीय कृषि मन्त्रालयका रामकृष्ण रेग्मी, प्रदेश ५ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राधा वाग्ले, विश्व खाद्य कार्यक्रमका पुष्प श्रेष्ठ लगायतले खाद्य सुरक्षा विश्वव्यापी मुद्दा भएकाले नेपालले सुधार गर्नुपर्ने बताए।  

मन्त्रालयका खाद्य सुरक्षा तथा प्रवर्द्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलापको विषयमा विश्व खाद्य कार्यक्रमका चन्द्रबहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पद्मा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.