|

जाजरकोट : हरेक वर्ष मुस्किलले एक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीयवासीहरु यो पटक दुई बाली लगाउन पाउँदा खुसी भएका छन्। 

आयातित अन्न प्रयोग गर्न बाध्य स्थानीयवासी पर्याप्त हिउँदे वर्षा भएसँगै आफ्ना खेतबारीमा दुई बाली लगाउन पाउँदा खुसी भएका हुन्‌। वर्षायाममा आकाशे पानीको भरमा मकै खेती गर्दै आएका पश्चिम जाजरकोटका स्थानीयवासीहरुले यो पटकको हिउँदयाममा चाहिएजति पानी परेपछि खेतबारीमा गहुँ लगाएका छन्‌। धेरैपछि खेतबारीमा हिउँदे बाली लगाउन पाउँदा निकै आफूहरु निकै खुसी भएको छेडागाड नगरपालिका-५ का रेशम शाहीले बताए। 

उनले भने, 'हाम्रो गाउँमा सिंचाईको सुविधा छैन, आकाशे पानीको भरमा खेती लगाउनुपर्छ, यो पटक हिउदयाममा नै प्रशस्त पानी परेपछि गहुँबाली सप्रिएको छ।' यहाँ जस्तै जुनिचाँदे गाउँपालिका-७ का महेन्द्र खड्काको खुसी कम छैन। उनको जमिन पनि यो पटक दुईबाली लगाउने अवसर जुटेको भन्दै खुसी भएको बताए। उनले भने, 'यस्तै हरेक वर्ष वर्षाद भएको भए बाहिरबाट अन्न खरिद (बेसाएर) ल्याउनुपर्ने थिएन, हाम्रो खेतबारीमा उत्पादन गरेको अन्नले ६ महिना नपुग्ने भएकाले बाहिरबाट चामल ल्याएर खानुपर्ने बाध्यता छ, सायद यो वर्ष अन्न खरिद गर्नुपर्दैन होला। ' 

जाजरकोटको यो क्षेत्रमा उत्पादनका हिसावले मकै नै मूख्यबाली हो। धान उत्पादन गर्ने खेत नहुँदा चामलको लागि खाद्य संस्थान र स्थानीय बजारको विकल्प नभएको छेडागाड नगरपालिका-३ दशेराका स्थानीयवासी टेकबहादुर थापाले बताए।

पश्चिम जाजरकोटमा तीनव६ा स्थानीय तह पर्दछन्। खेतीयोग्य जमिन धेरै भएपनि सिंचाई सुविधा नहुँदा वर्षायाममा मकै र कोदोले भरिभराउ हुने जमिन हिउँदयाममा रित्तो हुने गर्छ।  हिउँदयाममा आकाशबाट पानी परेमा मात्र गहुँबाली लगाउने गरेको स्थानीयवासीले जानकारी दिए। 

'जमिन भएर के गर्नु? सिंचाई नहुँदा बाँझो राख्नुको विकल्प छैन,' छेडागाड नगरपालिका- १२ का वडा अध्यक्ष प्रेम खत्रीले भने, 'नगरपालिकासँग ठुलो बजेट छैन, अa प्रदेश र संघ सरकारको भर पर्नुपर्ने बाध्यता छ।'

छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र निकै मुस्किलले सिंचाई सुविधा पुर्‍याइएको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए। उनले भने, 'हामीसँग बजेट छैन, प्रदेश र संघ सरकारसँग सिंचाईका लागि अनुरोध गरेका छौँ।'

उनका अनुसार वडा नं ११ को ढुङगिल सिंचाई आयोजना वडा १० को नाउलीखेत सिंचाई आयोजना निर्माण कार्य जारी रहेको छ। वडा १२ को सालवगर, वडा १ को खाराखेतमा सिंचाई आयोजना निर्माण भई कृषकहरुले सिंचाई सुविधा उपभोग गरीसकेका छन्‌।

कृषकको जीवनस्तर सुधार्न किसानसँग मेयर कार्यक्रम 

कृषकको जीवनस्तर सुधार्न भन्दै छेडागाड नगरपालिकाले 'जनतासँग नगरप्रमुख' कार्यक्रम सञ्चालन गरेको छ। ४० लाख रुपैयाँ रकम विनियोजन गरेर जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना अधिकृत देबबहादुर बुढाले जानकारी दिए।

यो कार्यक्रममार्फत सहकारी, समुह र उत्पादन समुहलाई बजेट उपलव्ध गराएर कृषकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रमुख लालबहादुर महतराले जानकारी दिए।

उत्पादनका हिसाबले कुन ठाउँमा के बाली बढी उत्पादन हुन्छ, सोही हिसाaले पकेट क्षेत्र घोषणा गरी काम गर्ने योजनाका साथ अगाडी बढेको उनको तर्क छ। यो वर्ष कृषकलाई खेतबारी जोत्न सजिलो होस भनि हाते ट्याक्टर र टिमुर टिप्दा प्रयोग हुने औजारहरु वितरण गरिरहेको छ। 

त्यस्तै, वन तथा वातावरण मन्त्रालयबाट वडा १, २ र ३ मा टिमुरका लागि विशेष क्षेत्र घोषण गरी काम शुरू भएको छ। नगरपालिकाले नगरका सवै वडामा टिमुर खेतीका लागि अघिल्लो वर्ष ५५ हजार बेर्ना उत्पादन गरी कृषकलाई वितरण गरिएको थियो भने अहिले वडा १२ मा ६५ हजार वेर्ना उत्पादन भईरहेको छ। मौसम अनुसारको विउँ समेत वितरण गरिएको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.